काठमाडौं – नेपाली सांगीतिक इतिहासकै उत्कृष्ट टेलिभिजन कार्यक्रम ‘नेपाल आइडल’ को सिजन ३ को फाइनल शुक्रबार हुने भएको छ । गत चैत्र महिनामा सकिनुपर्ने नेपाल आइडल ३ कोरोनाभाइरसका कारण ढीलो भएको छ ।
कोरोनाको रोकथामको लागि गरिएको लकडाउनका कारण नेपाल आइडल कार्यक्रम केही समय स्थगित भएको थियो । तर लकडाउन खुकुलो भए लगत्तै फेरि शुरु गरिएको थियो ।
तर अब यसको फाइनल शुक्रबार हुँदैछ । यस सिजनमा टप ३ मा महोत्तरी बर्दिबासका किरण भुजेल,मोरङकी सज्जा चौलागाँई र बर्दियाका प्रवीण भेटवाल रहेका छन् । नेपाल आइडलको फाइनलमा अब यी तीनै जना प्रतिस्पर्धा गर्नेछन् ।
यी दुईमा कसले नेपाल आइडलको उपाधि हात पार्छ त्यो हेर्न बाकीँ नै छ । लुकेको प्रतिभालाई समान अवसर दिने नेपाल आइडलमा यसअघि पनि बुद्ध लामा, प्रताप दाश, रवि ओड, विक्रम बराल लगायतका कलाकारले अवसर पाए ।
अहिले यी कलाकारले सबैको मन जित्दै चर्चामा छन् । शुक्रबार हुने नेपाल आइडल ३ को फाइनलमा प्रतिस्पर्धी र केही दर्शकको मात्र उपस्थिति हुने बताइएको छ ।