• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ १, बुधबार
in
होमपेज / समाचार
  • ७३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • खोप परीक्षणमा नेपालको तयारी

  • संदेश पत्र
  • २०७७ भाद्र १२, शुक्रबार (४ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ । विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा हुन लागेको पहिलो पटक हो ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)को सूचीमा रहेकामध्ये अन्तिम परीक्षण पार गर्दै गरेको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेना कम्पनीले उत्पादन गरेको सीएचएडीओएक्स १–५ खोप र चीनको साइनोभ्याक्स अर्थात् ‘इनएक्टिभेटेड’ नामको खोपको अन्तिम क्लिनिकल परीक्षणमा नेपाल पनि सहभागी हुने झण्डै तय जस्तै भएको छ । तथापि अन्तिम निक्र्योल हुन बाँकी छ ।

    खोपको परीक्षण गर्न दिन हुने/नहुने विषयमा थप अध्ययनका लागि स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मेवारी दिएको प्रवक्ता प्राडा जागेश्वर गौतमले बताउनुभयो । उहाँका अनुसार परिषद्ले यसको विश्लेषण गरिरहेको छ ।

    मन्त्रालयका अनुसार तीन कम्पनीले नेपालमा खोप परीक्षणका लागि अनुमति मागेको हो । मन्त्रालयको स्वीकृतिलगत्तै परीक्षणको थप अध्ययन थालिएको परिषद्का सदस्यसचिव डा। प्रदीप ज्ञवालीले बताउनुभयो । चीन, रसिया र अक्सफोर्ड युभिर्सिटीले तेस्रो चरणको क्लिनिकल परीक्षण गर्न अनुमति मागेको र परीक्षण के कसरी गर्ने भन्ने बारेमा अध्ययन भइरहेको उहाँले बताउनुभयो ।

    डब्लूूएचओको सूचीमा नरहेको र बाहिर कुनै जर्नलमा समेत प्रकाशित नगरिएको रसियाले उत्पादन गरेको ‘स्पुतनिक भी’ नामको खोप नेपालमा परीक्षण गर्ने सवालमा थप अध्ययन भइरहेको ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यहाँको दूतावासमार्फत रुस सरकारसँग खोपको विस्तृत विवरणसहितको सबै कागजपत्र मागेका छौँ, त्यो नपाएसम्म परीक्षणका लागि अनुमति दिन सकिन्न ।”

    त्यो विवरण आएपछि मात्र नेपालमा परीक्षण गर्ने नगर्ने भन्ने बारेमा परिषद् र सरकारले निर्णय गर्नेछ । उहाँका अनुसार भारतले पनि खोप निर्माण गरिरहेकाले उसले पनि अन्तिम परीक्षणका लागि नेपाललाई दिने कुरा गरेको छ । विश्व स्तरमा निर्माण भएका कुन कुन खोपको अन्तिम परीक्षण नेपालमा गर्न दिन योग्य छ भन्ने सवालमा शुक्रबार परिषद्ले विज्ञसहित बृहत् छलफल गर्दैछ ।

    जनस्वास्थ्यलाई असर पर्ने गरी कुनै पनि खोपको परीक्षण नेपालमा नहुने दाबी उहाँले गर्नुभयो । उहाँका अनुसार चीनले सीधँै नेपाल सरकारलाई परीक्षणका लागि प्रस्ताव गरेको हो । उसले पाँच सय जनामा खोपको परीक्षण गर्न दिन मागसहितको प्रस्ताव पठाएको छ ।चीनले निर्माण गरेको खोप फिलिपिन्स, इन्डोनेसिया, ब्राजिल र पाकिस्तानमा समेत अन्तिम परीक्षण अगाडि बढाएको छ । अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गरेको खोपको परीक्षणमा सहभागी हुन चाहने देशको लाम पनि निकै लामो छ । यसरी अन्तिम परीक्षणमा सहभागी हुने मुलुकले भविष्यमा खोप तयार भएर आएपछि विभिन्न खालका सुविधा र सहुलियत पाउने अवस्था रहन्छ । सोही अनुसार नेपालले पनि विश्वसनीय खोपको अन्तिम परीक्षणमा सहभागी हुनेछ ।

    गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution