• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / समाचार
  • ९७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान हुने, उडान तालिका सार्वजनिक

  • संदेश पत्र
  • २०७७ भाद्र ११, बिहिबार (४ साल अघि)
  • फाईल तस्विर

    काठमाडाैं । सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ ।

    नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो ।

    तथापि, पहिलो चरणको आन्तरिक उडान राजधानी काठमाडौँबाट हिमाली तथा पहाडी भेगमा मात्र हुनेछ । बन्दाबन्दीको पाँच महिनापछि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको सरकारले आन्तरिक उडान पनि सोही मितिदेखि शुरु गर्ने भएको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दशंै, तिहारजस्ता चाडपर्वलाई मध्यनजर गर्दै छिट्टै आन्तरिक उडान पनि शुरु गरिने बताए । पर्यटनमन्त्री भट्टराईले केही पहाडी तथा हिमाली जिल्लाबाट आन्तरिक उडान सञ्चालन गरिने जानकारी दिए ।

    उनले भने, “अहिले देशका विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञाको स्थिति भएकाले आन्तरिक उडान चलिहाल्ने अवस्था छैन । तर पनि मन्त्रालयकोतर्फबाट केही पहाडी र हिमाली जिल्लाबाट उडान सुचारु गर्नका लागि छलफलमै छौँ । निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लैजान्छौँ ।”

    कोभिड–१९ महामारीको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै तत्कालै तराईका जिल्लाका विमानस्थलमा आन्तरिक उडान नहुने पनि मन्त्री भट्टराईले स्पष्ट पार्नुभयो ।

    यसअघि भदौँ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेको सरकारले कोभिड–१९ को सङ्क्रमण राजधानीसहित विभिन्न जिल्लामा बढेपछि पुनः उडान स्थगन गरेको थियो ।

    “अहिले देशभर कोरोना सङ्क्रमण बढीरहेको छ, आन्तरिक हवाई उडानबाट आउने जाने प्रायः काठमाडौँबाट तराई र तराईबाट काठमाडौैँ जाने नै बढि हुने भएकाले सम्भावित जोखिमलाई ध्यान दिदैँ अहिलेलाई मन्त्रालयले केही पहाडी र हिमाली जिल्लामा पूर्वदेखि पश्चिमसम्मका क्षेत्रमा आन्तरिक उडान परीक्षणको रुपमा सञ्चालन गर्ने गृहकार्य गरिरहेको छ । यो भदौ १६ बाटै हुन्छ”, पर्यटनमन्त्री भट्टराईले भने ।

    नियमित अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक
    पर्यटन मन्त्रालयले भदौ १६ अर्थात सेप्टेम्बर १ देखि ३० सम्म हुने एक महिनाको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । उडान तालिका अनुरुप एक महिनामा ६० वटा नियमित उडान र २७ वटा चार्टर उडान हुने भएका छन् ।

    मन्त्रालयका अनुसार नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, साउदी अरबको एयर अरेबिया, कतारको कतार एयरवेज र दुबईको फ्लाई दुबई गरि १० वटा वायुसेवालाई उनीहरुका गन्तव्यबाट नियमित उडान भर्न अनुमति दिएको छ ।

    त्यस्तै, स्वदेशी वायुसेवातर्फ नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई जापानको नारिता, दुबई, मलेसिया र हङकङ उडानको अनुमति दिएको छ । अर्को हिमालय एयरलायन्सलाई चीनको छोङकुइन, मलेसिया र आबुदाबीमा उडानको अनुमति दिइएको छ ।

    यो एक महिनाको अवधिमा १० विदेशी र दुई नेपाली गरी १२ वटा वायुसेवाले ६० वटा उडान गर्नेछन् । सरकारले सहजै रुपमा कोरोना परिक्षण गर्न पाउने मुलुकबाट नियमित उडान र अन्य मुलुकबाट चार्टर उडान गर्ने शर्तसहित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको थियो । दैनिक ५०० यात्रु नबढ्नेगरी अन्तर्राष्ट्रिय उडान हुनेछ ।

    मन्त्रालयले मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणलाई कोभिड–१९ को माहामारी कायमै भएकाबेला सरकारले तोकेका नियम तथा शर्तहरु पालना गराउँदै उडान गराउन निर्देशन दिएको छ ।

    त्यसैगरी मन्त्रालयले कोभिड–१९ को परीक्षण सहज नभएका मुलुकबाट नियमित उडान खुला गरेको छैन । तर, ती मुलुकमा अलपत्र परेका नेपाली ल्याउन एक महिनामा २७ वटा चार्टर उडान गर्न अनुमति दिएको छ । चार्टर उडान हुने गन्तव्यमा माल्दिभ्स, दोहा, कुवेत, जेद्दा, दमाम र रियाद छन् । यी गन्तव्यबाट नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स, कतार एयरवेज, जजिरा एयर र सलाम एयरले चार्टर उडान गर्ने छन् ।

    त्यसैगरी नियमित तथा चार्टर उडानबाट नेपालमा भएका सबै दूतावासका कर्मचारी, संयुक्त राष्ट्र संघका १८ वटा एजेन्सी र नेपालमा काम गरिरहेका १५ वटा विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई पनि आउन दिने मन्त्रालयले जनाएको छ । नेपालमा १० चैतबाट सबै प्रकारका व्यवसायिक उडान बन्द छन् । चैत ११ देखि साउन ६ गतेसम्म देशभर बन्दाबन्दी लागू गरिएको थियो ।

    पिसीआर रिपोर्ट नेगेटिभ भएका क्वारेन्टिनमा बस्नुनपर्ने
    विदेशबाट पिसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ लिएर आउनेहरुले नेपालमा होटल क्वारेन्टिनमा बस्नुनपर्ने भएको छ । विदेशबाट आउने यात्रुले पिसीआर रिपोर्ट नेगेटिभ रहेमा उनीहरु सिधै विमानस्थलबाट होम क्वारेन्टिनमा जानसक्ने पर्यटनमन्त्री भट्टराईले बताए ।

    सरकारले विभिन्न देशबाट स्वदेश फर्किने नागरिकले नेपाल आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ ।

    कोरोना सङ्क्रमणको दर कम भएका र पिसीआर परीक्षण सहज भएका मुलुकबाट पिसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नुनपर्ने मन्त्री भट्टराईको भनाइ छ ।

    “पिसीआर गरेका यात्रुहरुले सरकारले वेवसाइटमा राखेको फर्म भर्नुपर्छ । नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ र नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाउनुभयो भने १४ दिन आफ्नो घरमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित घर जान दिइन्छ”, उनले भने ।

    पिसीआर परीक्षण नगरी नेपाल आउने नागरिकले होटल क्वारेन्टिनमा बस्नुपर्ने छ । मन्त्री भट्टराईका अनुसार रु ११ हजारमा ७ रात र ८ दिनको होटल क्वारेन्टिनमा बस्न सकिने प्याकेज बनाएको छ । सम्बन्धित मुलुकबाट आउने यात्रुले नेपाल आउनुपूर्वनै होटल बुकिङ गर्नुपर्नेछ ।

    होटलहरु पर्यटकस्तर, बुटिक होटल र महङ्गा तारे होटल तय गरिएको छ । पर्यटनमन्त्रीले विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकलाई भने सरकारी खर्चमा उद्धार गरिनेछ ।

    “विदेशमा अलपत्र परेका, फर्किने कुनै आधार नभएका व्यक्तिलाई श्रम कल्याणकारी कोषबाट सरकारले टिकट पनि काटिदिने व्यवस्था मिलाएको छ । यहाँ आएर होटल क्वारेन्टिनको विषय पनि सरकारले व्यहोर्छ र पिसीआर खर्च पनि सरकारले व्यहोर्छ”, उनले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution