चितवन । भरतपुर अस्पताल कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको छ ।
अस्पतालले भदौ १० गते १५९ नमुना परिक्षण गरेकोमा २६ जनाको पोजेटिभ आएको जानकारी दिएको छ । अस्पतालले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरुमा २५ जना चितवनका रहेका छन् भने तनहुँका एक जना रहेका छन् ।
चितवनका नयाँ संक्रमितहरुमा भरतपुर महानगरको वडा नम्बर ७ र २२ का एक एक जना रहेका छन् भने रत्ननगरको वडा नम्बर ४, ९ र १२ का १४ जना, माडीको वडा नम्बर ६ र ७ का ९ जना रहेका छन् ।
भरतपुर अस्पतालएल यो विवरण भदौ १० गते राति १० बजेसम्मको परिक्षणको भएको जानकारी दिएको छ ।