काठमाडौं । बुधबार काठमाडौंमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो २ बजेर ४६ मिनेटमा काठमाडौंको कालिमाटी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
उक्त भूकम्प २.९ रेक्टर स्केलको रहेको जनाइएको छ । सो भूकम्प गोरखा भूकम्पको पराकम्प रहेको केन्द्रले जनाएको छ ।
२०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.६ म्याग्नेच्युडकको शक्तिशाली भूकम्पको बुधबार काठमाडौंमा पराकम्प गएको हो । यसअघि मंगलबार बझाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नच्यूडको भूकम्प गएको थियो ।