• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / कोरोना [Covid-19] विशेष
  • ८१८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • भक्तपुरमा सङ्क्रमितको संख्या ३०७ पुग्यो

  • संदेश पत्र
  • २०७७ भाद्र ९, मंगलबार (४ साल अघि)
  • फाईल तस्विर

    भक्तपुर। भक्तपुरमा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालय भक्तपुरले निष्कर्ष निकालेको छ । जिल्लाका चारमध्ये बढी मध्यपुरथिमि नगरपालिकामा सङ्क्रमण समुदायमा फैलिएको निष्कर्ष रहेको कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । आजसम्म जिल्लामा ११३ महिला र १९४ पुरुष गरी कूल ३०७ मा कोरोना सङ्क्रमण भएको कोभिड सूचना व्यवस्थापन केन्द्रका अस्मिता पवनले जानकारी दिनुभयो । मध्यपुरथिमि नगरपालिकामा ५१ महिला र ६३ पुरुष गरी ११४ मा सङ्क्रमण रहेको बताइएको छ ।

    मध्यपुरथिमिपछि सूर्यविनायक नगरपालिका क्षेत्रमा सङ्क्रमण बढ्दै छ । सूर्यविनायकमा २७ महिला र ५० पुरुष गरी ७७, भक्तपुर नगरपालिकामा २२ पुरुष र २५ महिला गरी ४७ र सबभन्दा कम चाँगुनारायण नगरपालिकामा सशस्त्र प्रहरी सहित पाँच महिला र ३४ पुरुष गरी ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा आज थप भएकामा भक्तपुर नगरपालिकामा एक महिलासहित तीन पुरुष, मध्यपुरथिमिमा एक नौ वर्षीय बालक र ६ महिला र सूर्यविनायकमा एक पुरुष र दुई महिलामा कोरोना सङ्क्रमण भएको छ भने चाँगुनारायणमा सङ्क्रमण नभएको स्वास्थ्य कार्यालय प्रम्ख मिजारले जानकारी दिनुभयो ।

    चाँगुनारायण नगरपालिकाअन्तर्गत सशस्त्र प्रहरी बल गुहेश्वरी गण दुवाकोटमा कार्यरत २० प्रहरीलाई गत शनिवार एकैसाथ सङ्क्रमण देखिएको थियो । चाँगुनारायणको स्थानीयस्तरमा भने महिला पाँच र पुरुष १४ रहेको केन्द्रका पवनले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये दुइको मृत्यु भएको, ६४ निको भएर घर फर्किएको, ९१ जना होम आइसोलेसनमा रहेको, दुइ जना सम्पर्कमै नआएको, डाक्टर तथा नर्स गरी तीन जनाको अन्यत्र उपचार भइरहेको तथा केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको आइसोलेसनमा ११ महिला र पाँच पुरुष छन् । विदेशबाट आएका तर लक्षण नदेखिएका सङ्क्रमितलाई पनि यहाँ राख्ने गरिएको छ ।

    कोरोना भाइरस सङ्क्रमणबाट भक्तपुरमा स्थानीय दुई जनाको मृत्यु भएको छ । गत शनिबार एक जना सूर्यविनायक निवासी एक ७२ वर्षीय पुरुषको उपचारकै क्रममा काठमाडौंको मेडिकेयर अस्पतालमा मृत्यु भएको हो । यसअघि सूर्यविनायक १ निवासी ६८ वर्षीया एक महिलाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो ।

    आइतबार पनि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कोरोना भाइरस सङ्क्रमित एक पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो । मिर्गौलाका बिरामी बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना सङ्क्रमित ५४ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचार भइरहेको र आइतबार डायलोसिसका लागि भक्तपुर ल्याइएकामा उपचारकै क्रममा मृत्यु भएको थियो । भक्तपुरमा गत वैशाख ३० गते पहिलोपटक दुई जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । ती दुवै जिल्ला बाहिरका बासिन्दा थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    कोरोना भाइरसबाट आज एक जनाको मृत्यु

    अभिताभ बच्चन कोरोना संक्रमित

    कांग्रेसका नेता सिटौलालाई कोरोना संक्रमण

    जापानमा कोभिडका कारण एक दिनमा ३४३ जनाको मृत्यु

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution