काभ्रेको पनौती नगरपालिका वडा नम्बर ४ का ९ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । आकस्मिक शल्यक्रिया गर्ने क्रममा पीसीआर परीक्षण गर्दा बालकमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झाले बताउनुभयो ।कोरोना संक्रमण पुष्टि भएका बालक होम आइसोलेसनमा रहेका छन् । यो संख्या काभ्रेमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १ सय ४५ पुगेको छ ।