काठमाडौं । विराटनगरमा थप एक जनाको कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका – ८ का ६५ वर्षीय पुरुष रहेका छन् । उनको आइतबार राति कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।
विराटनगर महानगरपालिकाको बैजनाथपुरस्थित आइसोलेसनमा बस्दै आएका कोरोना संक्रमित उक्त पुरुषलाई श्वास प्रश्वासमा समस्या भएपछि कोभिड १९ अस्पताल लगिएकोमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको कोरोना संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।