• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / कोरोना [Covid-19] विशेष
  • ७५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कागती र बेसारपानी खाएर होम आइसोलेशनका आठ जनाले जिते कोरोना

  • २०७७ भाद्र ६, शनिबार (४ साल अघि)
  • फाईल तस्विर

    कास्की,६ भदौ- पोखरा महानगरपालिका–५ मालेपाटन स्थित बागवानी अनुसन्धान केन्द्रमा बागवानी अधिकृत पदमा कार्यरत सरोज अधिकारीलाई गत साउन २६ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सामान्य रुघाखोकी लागेपनि कोरोनासँग मिल्दोजुल्दो अन्य कुनै लक्षण उहाँमा थिएन ।

    कार्यालयको आवास गृहमा ‘होम आइसोलेशन’को मापदण्ड पूरा हुने भएकाले उहाँ अस्पताल नगई ‘निवास’मै बस्नुभयो ।दृढ आत्मबल र घरेलु उपचार विधिको अवलम्वनबाट कोरोना जित्नेमा विश्वस्त उहाँका परिवारबाट छुट्टै रहेर परम्परागत खानपीन, गुर्जो, कागती र बेसारपानी निरन्तर खाएपछि शुक्रबार १२ औँ दिनमा कोरोना सङ्क्रमण मुक्त हुनुभएको छ ।

    “आत्मबल बलियो बनाउनुपर्छ र कोरोनालाई सहजै पराजित गर्न सकिन्छ भन्नेमा म शुरुआतदेखीनै दृढ थिँए ।” उहाँले भन्नुभयो,“बेसार र ज्वानो मिसाएको पानी दिनमा तीन देखी पाँच पटकसम्म लिएँ, शक्तिवद्र्धक खानेकुरा, मासु र क्वाटीका झोल पिएर अहिले निको भएको छु ।”

    आइसोलेशनमा बस्दा पर्याप्त दूरी कायम भएकाले परिवारका अन्य सदस्यलाई सङ्क्रमण नदेखिएको तथा आफूले व्यक्तिगत समस्या नभोगेपनि कोरोनाका बिरामीलाई समाजले हेर्र्ने र गर्र्ने व्यवहारबाट बिरामीमा पर्ने मनोवैज्ञानिक असरलाई न्यूनीकरण गरेमा अस्पतालमा भन्दा होम आइसोलेशन बढी सुरक्षित रहेको उहाँको भनाई छ ।

    होम आइसोलेशनमा बस्नेको उपचाको जिम्मा स्थानीय तहमा रहेकाले एक जना स्वास्थ्यकर्मीले निरन्तर फोन सम्पर्क गर्ने र स्वास्थ्य अवका बारेमा जानकारी लिने गरेको अधिकारीले बताउनुभयो ।अधिकारीजस्तै कोरोना सङ्क्रमण पुष्टि भएपछि पोखरामा होम आइसोलेशनमा बसेका आठ जना शुक्रबार पहिलोपटक कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

    पछिल्लो समय सङ्क्रमण पुष्टि भएकाहरु अस्पतालमा पर्याप्त कक्ष नभएपछि होम आइसोलेशनमा रहेका थिए । होम आइसोलेशनमा रहेर कोरोना निको भएकाहरुमा पोखरा वडा नं १४ का तीन, वडा नं ९ का दुई तथा वडा नं ५, वडा नं १७ र वडा नं १९ का एक÷एक जना रहेको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ । सरकारले पनि पछिल्लो पटक सङ्क्रमणको कुनै लक्षण तथा चिन्हहरु नभएका तथा सामान्य लक्षण भएका सङ्क्रमित व्यक्तिहरु आ–आफ्नै घरमा आइसोलेशनमा बस्ने सक्ने गरी सुविधा दिएको छ ।

    “सङ्क्रमण पुष्टि भएका तर लक्षण नदेखिएका तथा होम आइसोलेशन मापदण्डको पालना गर्न सक्नेहरु २७ जना आइसोलेशनमा रहेकामा शुक्रबार पहिलोपटक आठ जना फलोअप परीक्षण नतिजा नेगेटिभ आएपछि कोरोेनामुक्त हुनुभएको छ ।”महाशाखाका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले भन्नुभयो ।

    होम आइसोलेशनमा रहेकाहरुले नियमित तापक्रम जाँच गरी स्वास्थ्यकर्मीलाई जानकारी गराउने गरेको तथा स्वास्थ्यमा समस्या आएको खण्डमा अस्पताल ल्याउने गरिएको उहाँले जानकारी दिनुभयो । पोखरामा अस्पतालका सबै आइसोलेशन कक्ष बिरामीले भरिकाले सामान्य लक्षण भएकाहरुलाई घरमै राखिएको महाशाखाले जनाएको छ ।

    घरमानै आइसोलेशनमा बस्ने सङ्क्रमित तथा उनीहरुका परिवार सदस्यहरु उपचार अवधिभर घर बाहिर ननिस्कने, पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्र्ने,खानपानमा विशेष सावधानी अपनाई पर्याप्त मात्रामा झोलिलो तथा पोशिलो खानेकूरा खाने तथा स्वास्थ्य सरसफाइमा विशेष ध्यान दिनुपर्ने लगायतका मापदण्ड तोकिएका छन् ।

    कास्कीमा हालसम्म २६९ जना कोरोना सङ्क्रमित भएकामा १६० जना निको भएका छन् । उपचार गराइरहेका विरामी(सक्रिय केस)को सङ्ख्या १०७ रहेकामा दुई जनाको कोरोनाबाट मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्र र प्रदेश सरकार मातहतको सङ्क्रामक तथा सरुवा रोग उपचार अस्पतालमा सङ्क्रमितको उपचार हुँदै आएको छ । (रासस)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution