झापाको दमकमा थप १६ जनामा कोरोना भाईरस पुष्टि भएको छ । आज आएको रिर्पोट अनुसार उनिहरुमध्ये मध्ये धेरै कर्मचारी रहेका छन् ।
श्रोतका अनुसार संक्रमित मध्ये नेपाल विद्युत प्राधिकरण दमकमा कार्यरत ६ जना कर्मचारीमा कोरोना देखिएको हो । यस्तै दमकको पाथिभरा होटल क्वारेन्टाइनमा बसेका ८ जना, एक जना समुदाय स्तरमा देखिएको बताइएको छ ।
यस्तै संक्रमण देखिएका एक जनाको भने कुन कार्यालयमा कार्यरत खुल्न बाकीँ रहेका छन् । आज संक्रमण देखिएका ३ जना महिला हुन भने अरु पुरुष रहेका छन् ।
संक्रमण देखिएका २१ देखि ५५ बर्ष उमेर समुहका छन् । गत मगंलबार २२७ जनाको स्वाब संकलन गरी पठाएको १६ जनामा कोरोना देखिएको हो । उनिहरु को कहाँका हुन खुल्न बाँकी छ ।