नेपाल वायुसेवा निगमका २ वटा जहाज आइतबार दुबई जाने भएका छन् ।
दुबईमा रहेका नेपाली लिनको लागि यसअघि गएका जहाज उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड १९ सङ्कट व्यवस्थापन समितिले गरेको निर्णयको कारण रित्तो फर्किएको थियो ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले समितिको निर्णय खारेज गरिदिएको कारण २ वटा जहाज पठाउन थालिएको नेपाल वायुसेवा निगमको स्रोतले पुष्टि गरेको छ ।
सरकारले पाँचौँ चरणको उद्दार उडानको नाममा उडान समय तालिका सार्वजनिक गरी अन्तिम समयमा तत्कालको लागि विदेशबाट उद्दार नगर्ने निर्णय लिएको थियो ।