काठमाडौं । काठमाडौं उपत्यकामा थप १८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका १४२ जना, ललितपुरका २५ जना र भक्तपुरका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ३० हजार ४८३ रहेको छ । जसमा १८ हजार २ सय १४ जना निको भएर घर फर्किसकेका छन् ।