काठमाडौं – चितवनमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका-१३ का ६५ वर्षका पुरुष रहेका छन् ।
उनको आज दिउँसो भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कोरोना संक्रमित भएका ती पुरुषको एक सातादेखी कोभिड आईसियुमा उपचार भइरहेको थियो ।
उनको आज अचानक उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा फोक्सोको समस्या रहेको जनाइएको छ । उनको कोरोना संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।