काठमाडौं । मंगलबार सुनको मूल्य अकाशिएको छ । आज छापावाल सुन प्रतितोला एक लाख चार सय रुपैयाँमा कारोबार भइरहेको नोपल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रतितोला ९८ हजार सय सय रुपैयाँ थियो । मंगलबार दुई हजार दुई सय रुपैयाँले सुनको मूल्य बढेको हो । यस्तै, तेजाबी सुन ९९ हजार नौ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको पनि मूल्य बढेको छ । सोमबार १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर तोलामा १३ सय ८० रुपैयाँ कायम भएको छ ।