काठमाडौं – बाँकेमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुष रहेका छन् ।
उनको कोरोनाभाइरसको संक्रमणबाट सोमबार राति नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । कोरोनाको लक्षण देखिएपछि ती पुरुष साउन ३० गते अस्पताल भर्ना भएका थिए ।
उनको सोमबार दिउँसो कोरोना रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । उनलाई फोक्सोमा निमोनिया भएको अस्पतालले जनाएको छ ।
यससँगै बाँकेमा कारोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । उक्त पुरुषको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।