काठमाडौं । कागेश्वरी-मनोहरा नगरपालिकाले नगर क्षेत्रभित्र विभिन्न पसल व्यवसाय बन्द गर्न निर्देशन दिएको छ।कोरोना भाइरस संक्रमणको प्रभाव बिस्तार हुँदै गएकोले नगरपालिकाले यस्तो निर्देशन दिएको हो।
नगरपालिकाले विज्ञप्ति जारी गर्दै सोमवार देखि भदौ १५ गतेसम्म नगरभित्र सञ्चालनमा रहेका अत्यावश्यक बाहेकका व्यवसायलाई अनिवार्य बन्द गर्न निर्देशन दिएको हो।
नगरपालिकाले कपाल काट्ने शैलुन, ब्युटिपार्लर, चिया पसल, फेन्सी स्टोर तथा कपडा पसल, मोबाइल, घडी, इलेक्ट्रोनिक पसल, मदिरा पसल, मेकअप सामान बेच्ने पसल, बुटिक पसल, सुनचाँदी पसल, भाँडाकुँडा पसल, ट्यूसन सेन्टर, ठेलागाडा र कवाडी संकलन, स्नुकर र मासु पसल बन्द गर्न भनेको छ।