काठमाडौँ । अमेरिका पलायन भएका कुनै जमानाका एक चर्चित लोकदोहोरी गायक भगवान भण्डारीले अमेरिकामा सहयोग जुटाएर पठाएपछि गायिका अञ्जु पन्तले आफूलाई फेसबुकमा ब्लक गरेको आरोप लगाएका छन ।
गरिबका लागि आफ्नो संस्थामार्फत घर बनाउन लागेको भन्दै त्यसका लागि सहयोग जुटाउन अमेरिका पुगेकी गायिका अञ्जु पन्तलाई केही सहयोग जुटाइदिएको र नेपाल फर्केपछि उनले आफूलाई फेसबुकमा ब्लक गरेको फेसबुक मार्फत नै बताएका छन ।
अन्जु पन्त फाउन्डेसनको तर्फबाट नेपालको कुनै ठाउँको गरिब बस्तीमा घरहरू बनाइदिने भन्दै गायिका अन्जु पन्त अमेरिकामा सहयोगको याचना गर्दै हिँडेको थाहा पाएपछि केही रकम सहयोग गरेको भगवान भण्डारीले बताएका हुन ।
उनले केही समय पछि नेपाल पुगेर फेसबुकमा आफूलाई ब्लक समेत गरेको बताएका छन । उनले भनेका छन ‘मैले उहाँलाई अहिले सम्म व्यक्तिगत रूपमा केही नराम्रो भनेको छैन सधैँ स्वरको प्रशंसा नै गर्थेँ । यसमा मलाई कुनै गुनासो छैन तर यहाँ उठेको रकम जुन उद्देश्यका लागी भनिएको थियो त्यहीँ प्रयोग गर्नुहोला । कुनै धर्मको नाम लिएर गरिबको सेन्टिमेन्ट ब्यापार नगर्नुहोला ।’