काठमाडौं । भारत-पाकिस्तानबिचको सीमा क्षेत्रको नियन्त्रण रेखा क्षेत्रमा एक गोरखा सैनिकको मृत्यु भएको छ।
जम्मू-कश्मीरको रजौरी जिल्ला स्थित नोभेरा सेक्टरमा पाकिस्तानले (सिजफायर) युद्धविराम उल्लंघन गर्दै फायरिङ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
भारतीय सेनाका हवलदार सम्बुर गुरुङको मृत्यु भएको हो। उनी नेपाली नागरिक थिए। गम्भीर घाइते रहेका गुरुङको उपचारको क्रममा निधन भएको हो।
पाकिस्तानी सेनाले बन्करलाई लक्षित गरेर गोली प्रहार गरेको थियो। त्यहाँ रहेका सिपाही गुरुङलाई गोली लाग्दा अनुहार, पाखुरा र बाँया खुट्टामा गम्भीर चोट लागेको थियो।
उपचारका लागि अस्पताल लगिएकोमा निधन भएको हो। गुरुङ नेपालको गोरखा जिल्लाको मानबू क्षेत्रका निवासी थिए।
पाकिस्तान र भारतबीचको मामिलामा नेपाली गोरखा सैनिकले अनाहकमा ज्यान गुमाउने गरेका छन्।
Indian army soldier Havildar Sambur Gurung dies in unprovoked ceasefire violation by Pakistan in Nowshera Sector, District Rajouri (J&K). He was a resident of Nepal. pic.twitter.com/C9A6oR3kAc
— Sidhant Sibal (@sidhant) July 10, 2020
An Army man, Havildar Sambur Gurung, sustained critical injuries in ceasefire violation by Pakistan Army along the line of control in Nowshera Sector of Rajouri district in Jammu & Kashmir today. He later succumbed to his injuries: Lt Col Devender Anand, PRO Defence pic.twitter.com/IBWuW0cK8Q
— ANI (@ANI) July 10, 2020