पाल्पा, ९ असार । तानसेन नगरपालिका–११, सम्मोबारीनजिकै सोमबार दिउँसो पहिरोले तीन वटा सवारीसाधनलाई बगाउँदा दुई जनाको मृ त्यु भएको छ । तानसेनदेखि तम्घास जाँदै गरेका सवारीसाधनलाई सडक माथिबाट खसेको पहिरोले बगाउँदा दुई जनाको मृ त्यु भएको हो भने एक जना गम्भीर घाइते भएका छन् ।दुई जनाको शवसहित एक जना घाइतेलाई नेपाल प्रहरी, सेना, र सशत्र प्रहरीको समूहले पहिरोबाट निकालेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृ तक र घा इतेको सोमबार रातिसम्म सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिए । घा इते एक जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । यो समाचार आजको गोरखापत्रमा रेखीराम रानाले लेखेका छन् ।
तानसेन–तम्घास सडक चौडा गरिरहेको अवस्थामा आइतबार रातिदेखि नै अविरल वर्षाका कारण सडकमा पहिरो खस्दा घ टना भएको प्रत्यक्षदर्शीको भनाइ छ । डोजरले चलाएको जमिन सडकमा एक्कासि पहिरोका रुपमा खसेको र सडकमा गुडेका सवारीलाई बगाएको तानसेन–११ का वडा अध्यक्ष दामोदर घिमिरेले बताए ।प्रहरीका अनुसार लु १ च १९२८ नम्बरको तेल बोक्ने ट्याङ्कर, लु २ च १३७६ नम्बरको ट्रक, लु १ च ७०११ नम्बरको कार र लु २ च ७०४३ नम्बरको पिकअपलाई पहिरोले क्ष ति पुर्याएको हो । पानी परिरहेको र पहिरो खसेका कारण राति ९:०० बजेदेखि उद्धारको काम रोकिएको र मङ्गलबार बिहानैदेखि पुनः उद्धारको काम सुरु हुने प्रहरीले जनाएको छ ।