काठमाडौँ ।कुवेतबाट शुक्रबार नेपाल फर्किएकी एक महिलामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनमा शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।शंकास्पद देखिएपछि ती महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा लगिएको थियो । उनलाई अहिले आईसीयूमा राखेर उपचार गराईरहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए ।उनीसँगै आएका ९ बालबालिकासहित १४९ जनालाई चाँगुनारायण नगरपालिका-७ खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएको छ ।
उनीहरु शुक्रबार जजिरा एयरलाइन्सको विमानमार्फत नेपाल आइपुगेका हुन् । जसमध्ये प्रदेश १ का ३७ जना, प्रदेश २ का ३, गण्डकी प्रदेशका ३२, प्रदेश ५ का २६ र कणर्ाली प्रदेशका ५ जना छन् । वाग्मती प्रदेशका ४५ जनालाई भने ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजको क्वारेन्टाइनमा राखिएको छ ।शुक्रबार कुवेतबाट आएकामध्ये २ जना शंकास्पद देखिएपछि बाँकी यात्रुलाई होल्डिङ सेन्टर नलगी सिधै क्वारेन्टाइन पुर्याइएको हो । त्यसैगरी, शुक्रबार नै जापानबाट आएका ६ मध्ये ४ जनालाई पनि खरिपाटी क्वारेन्टाइनमा राखिएको छ ।