• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण १४, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    २ हफ्ता अघि

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ३ हफ्ता अघि

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    १ महिना अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    १ महिना अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    १ महिना अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    १ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    १ महिना अघि

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    १ महिना अघि

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    १ महिना अघि
FLASH NEWS
  • १आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल
  • २आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
  • ३आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • ४आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ५आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ६आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • ७राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
  • ८कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ श्रावण १४, बुधबार
in
होमपेज / अन्तरवार्ता
  • २९९७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • लकडाउनको समयमा अस्पताल भर्ना भएका बिरामीलाई पाँच हजार

  • संदेश पत्र
  • २०७७ बैशाख ३१, बुधबार (५ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं । नागार्जुन नगरपालिकाले बन्दाबन्दी (लकडाउन) को समयमा नगरभित्रका बिरामीलाई आर्थिक सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड १९) का कारणले उपचार खर्च अभाव नहोस् भनेर ज्येष्ठ नागरिक, अपाङ्गता, एकल महिला र सुत्केरी सबैलाई जनही रु पाँच हजार दिन थालिएको नगरपालिकाका प्रमुख मोहनकुमार बस्नेतले जानकारी दिए ।

    उनले अस्पतालमा भर्ना भएका बिरामीलाई रकम उपलब्ध गराइएको बताउनुभयो । नगरपालिकाले लकडाउनका बीचमा छ महिनासम्मका सुत्केरी र शिशुलाई समेत जनही रु पाँच हजार उपलब्ध गराउँदै आएको छ । उनका अनुसार अस्पतालमा भर्ना भएका र वडा कार्यालयको सिफारिस लिएर आउने बिरामीलाई आर्थिक सहयोग गरिएको छ । अहिलेसम्म १० बिरामीले आर्थिक सहयोग लिएका छन् ।

    यसैगरी नगरपालिकाबाट सञ्चालित खानेपानीमा दुई महिनाको महसुल छुट गरिएको छ । लकडाउनका समयमा कहीँकतै आम्दानीको स्रोत नभएपछि नगरवासीलाई दुई महिनाको खानेपानी महसुल छुट गरिएको प्रमुख बस्नेतले जानकारी दिए । उनका अनुसार चैत र वैशाखको खानेपानी महसुल छुट गरिएको हो । नगरपालिका मातहतका ४० उपभोक्ता समितिबाट खानेपानी वितरण हुँदै आएको छ ।

    ती उपभोक्ताले रु ६०० देखि चार हजारसम्म चैत र वैशाख महिनाको छुट पाउनेछन् । यसैगरी नगरपालिकाले लकडाउनका समयमा पनि विकास निर्माणका कामलाई निरन्तरता दिएको छ । उपप्रमुख सुशीला अधिकारीले लकडाउनका समयमा सडक, विद्युत्को पोल गाड्ने र खानेपानीका काम सञ्चालन भएको बताइन् । उनले कामदारलाई नगरपालिकाले खाद्यान्न उपलब्ध गराएर कामलाई निरन्तरता दिएको बताइन् ।

    अहिले प्रत्येक वडामा सडक निर्माणको काम भइरहेको छ । नगरपालिकाले सीतापाइला, रामकोट, भीमढुङ्गा, धादिङ सडकखण्डको ११ किलोमिटर बाटोसमेत बनाइरहेको उपप्रमुख अधिकारीले जानकारी दिइन् । उनले मङ्गलबारदेखि आफू विकासनिर्माणका कामको अनुगमनमा पनि निस्केको बताइन् ।
    ‘आर्थिक वर्ष सकिन थालेकाले विकास निर्माणका काम के कति भइरहेका छन् त्यसको अनुगमन गर्न थालेका छौँ’, उनले भने, ‘अति आवश्यक काम हामीले सामाजिक दूरी कायम गरेर सम्पन्न गरिरहेका छौँ ।’

    लकडाउनका समयमा पनि कार्यालय खुला

    नगरपालिकाले लकडाउनको समयमा पनि कार्यालय खुला राखेर काम गरिरहेको छ । उपप्रमुख अधिकारीले २५ प्रतिशत कर्मचारी कार्यालयमा उपस्थित भएर अत्यावश्यक काम गरिरहेको बताइन् । उनका अनुसार अहिले विभिन्न विकास निर्माणका कामका लागि बोलपत्र आह्वान भइरहेको छ ।

    यसैगरी नगरपालिकाले बन्दाबन्दीको समयमा समस्या परेका मजदुर, विद्यार्थी र कोठामा बस्ने २६ हजारलाई राहत वितरण गरेको छ । १५ केजी चामल, दुई केजी दाल, दुई केजी आलु, एक लिटर तेल, दुई केजी चिउरा उपलब्ध गराएको नगरपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख नारायणप्रसाद तिमिल्सेनाले जानकारी दिए ।

    यसैगरी नगरपालिकाले नगरभित्रमा सबै घरमा मास्क, स्यानिटाइजर वितरण गरेको छ । नगरपालिकाले कोभिड–१९ का सम्भावित बिरामी हेरी नौ आइसोलेसन वार्ड भीमढुङ्गामा र ३० वटा क्वारेन्टाइन श्यया बनाएको छ । यसैगरी विदेशबाट आएका ७८ जनाको आरडिटीबाट परीक्षण र १४० जनालाई होम क्वारेन्टाइनमा राखेको थियो ।

    नगरपालिकाका प्रमुख बस्नेतले आगामी बजेटमा कोभिड– १९ का कारणले क्षति पुगेको कृषिलाई बजेट छुट्याउने बताए । उनका अनुसार तरकारी, फूलखेतीमा करिब रु सात करोडको क्षति भएको छ । प्रदेशसँग समन्वय गरेर कृषि क्षेत्रमा भएका क्षतिपूर्तिलाई सम्बोधन गर्ने गरी बजेट विनियोजन गर्ने उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ताजा समाचार
    १

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    २

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ३

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ४

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ५

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ६

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ७

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ८

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ९

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    १०

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution