एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु रमेशको निधन भएको छ ।
रमेशको ५२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार रमेशको आफ्नो गृहनगर विशाखापट्टनममा निधन भएको हो । उनलाई मंगलबार हृदयघात भएको थियो । जसका कारण उनको निधन भएको हो ।
थिएटरबाट आफ्नो करियर सुरु गरेका रमेशले सन् २००१ मा फिल्म ‘चिरुजाल्लु’ बाट आफ्नो फिल्मी करियर सुरु गरेका थिए । यसपछि उनी ‘मथुरा वाइन’, ‘ब्लेड’ र ‘बाब्जी और नेपोलियन’ जस्ता फिल्ममा देखिएका थिए । यी फिल्महरूमा रमेशको अभिनयको निकै तारिफ भएको थियो । रमेशले फिल्मका अलावा धेरै वेब सिरिज र टिभी शो पनि गरेका थिए ।
रमेशको निधनमा उनका प्रसंशकसँगै सेलिब्रेटीले पनि सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।