काठमाडौं । इटालीको राजधानी रोममा एउटी आमाले आफ्नो नवजात शिशुलाई क्लिनिकमा छाडेर गएकी छन् । उनले बच्चासँग हस्तलिखित नोट पनि छोडिन् जुन चर्चाको विषय बनेको छ। महिलाले नोटमा उनको बच्चा पूर्णतया स्वस्थ रहेको र उनको सबै स्वास्थ्य परीक्षण भइसकेको लेखेकी छिन् ।
इटालीको स्थानीय सञ्चारमाध्यममा प्रकाशित रिपोर्टका अनुसार इस्टर आइतवारमा ती महिलाले आफ्नो नवजात शिशुलाई रोमको मिलान सहरको क्लिनिकमा छाडेकी थिइन्। उनले नोटमा बच्चाको नाम एनिया लेखेकी थिइन् । उनले नोटमा थप लेखेकी छिन्, ‘बच्चा पूर्णतया स्वस्थ छ । अस्पतालमा उनको सबै परीक्षणहरू भइसकेका छन् र सबै ठीक छ।
यस्तै एउटा घटना बुधबार पनि भएको थियो जहाँ एक महिलाले आफ्नी नवजात छोरीलाई मिलानको एक अस्पतालमा छोडेकी थिइन् । यो तीन दिनमा रोमको उत्तरी सहर मिलानमा आफ्नो प्रकारको दोस्रो घटना हो।
एक ३७ वर्षीया महिलाले जीर्ण गोदाममा छोरीलाई जन्म दिएकी थिइन् । ती महिलाको आफ्नै घर थिएन, न त उनलाई चिन्ने कोही थियो । छोरीलाई जन्म दिएपछि उनी प्रहरीसँगै मिलानको बज्जी अस्पताल पुगिन् र त्यहाँ बच्चाहरूको लागि राखिएको ठाउँमा छोडिन्।
महिलाले आफ्नी छोरीलाई स्वीकार गर्न अस्वीकार गरिन् र उनको नाम पनि बताइनन्। बालिकाको अवस्था पूर्णरुपमा ठीक रहेको र उनी पूर्णरुपमा स्वस्थ रहेको बताइएको छ ।
इटालीमा आफ्नै घर नभएका आप्रवासी महिला वा गरिब महिलाले आफ्ना नवजात बच्चाहरूलाई छोडेर जाने यस्ता घटनाहरू भइरहेका छन्। यसअघि मानिसले नचाहेको नवजात शिशुलाई फोहोरको थुप्रोमा छाड्ने गरेकाले बाँच्ने सम्भावना निकै कम हुन्थ्यो ।
परित्याग गरिएका नवजात शिशुको मृत्युलाई ध्यानमा राख्दै इटाली सरकारले नचाहेको नवजात शिशुलाई राख्न सकिने सहरका क्लिनिक र अस्पतालमा यस्तो व्यवस्था गरेको छ ।
अहिले आमाहरूले आफ्ना नचाहिने नवजात शिशुलाई यी अस्पताल वा क्लिनिकहरूमा छोडेर जाने गर्छन्। परित्याग गरिएका नवजात शिशुहरूलाई अस्पतालबाट पनि ग्रहण गर्न सकिन्छ।