काठमाडौं । यामाहाले १५५ सीसी क्षमताको नयाँ स्कुटर नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले आइतबारदेखि यामाहा एरोक्स १५५ को आधिकारिक रुपमा विक्री सुरु गर्ने भएको हो ।
यामाहा एरोक्स १५५ देशभर रहेको डिलर नेटवर्कमा पुगिसकेको छ ।
यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक विक्रेता कम्पनी एमएडब्लयू इन्टरप्राइजेजले ४ लाख ७४ हजार ९०० रुपैयाँ तोकेर एरोक्स १५५ विक्री सुरु गर्ने तयारी गरेको हो ।
कम्पनीले नेपाल भित्र्याएको एरोक्समा १५५ सीसी लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १४.८ बिएच पावर र १४.४ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरमा एबिएस, डिस्क ब्रेक भीभीए इन्जिन जस्ता विशेषता रहेका छन् ।-मेराेअटाे