बनेपा । टिकटकप्रति प्रयोगकर्ताको आकर्षण दिनप्रति बढ्दो छ । छोटो भिडिओ शेयर गर्ने प्लेटफर्मका रूपमा परिचित टिकटक सन् २०२३ सम्ममा धेरै डाउनलोड हुने मोबाइल एपसमेत हो । यतिमात्रै होइन गुगल र फेसबुकलाई पछि पार्दै धेरै हेरिने वेबसाइटमा समेत टिकटक उक्लिन सफल भएको छ ।
विशेषगरी कोभिड महामारी सुरु भएपछि टिकटक क्रेज ह्वात्तै बढेको हो । केही देशमा यो एप प्रतिबन्धित छ । तैपनि विश्वभरकै लोकप्रिय एपको सूचीमा टिकटक आफूलाई उभ्याउन सफल भएको छ । याे एपमा प्रायः सबै उमेरका प्रयोगकर्ताको उपस्थिति देख्न सकिन्छ ।
टिकटकमा भाइरल हुनु सामान्य कुरा जस्तो नै भइसक्यो । कहिलेकाहिँ केही राम्रा भिडिओहरू भाइरल भइरहेका हुन्छन् भने कहिलेकाहिँ केही सामग्री नै नभएको भिडिओ पनि भाइरल भइरहेका हुन्छन् । टिकटकको बारेमा सबैभन्दा राम्रो कुरा भनेको नै कुनै पनि भिडिओ भाइरल हुनसक्छ ।
अधिकांश किशोर-किशोरीहरूले रमाइलो नृत्यका भिडिओहरू खोज्दा, अन्य अधिकांश मानिसहरूले सबै प्रकारका सामग्रीहरू हेर्न पनि टिकटक प्रयोग गरिरहेका हुन्छन् ।
पछिल्लो समय टिकटक र सामाजिक सन्जालको क्रेज एकदम बढदो दु्रत गतिमा बढिरहेको देखिन्छ या भनौ जो कोहीले पनि अहिले टिकटक चलाउदिन भन्यो भने मानिसहरु अचम्म परेर हेर्छन भन्दा फरक नपर्ला ।
कसैले यसको सही सदुपयोग गरेर करियर समेत बनाएका छन भने कसैले यसको दुरुपयोग गरेर छाडा भिडीयो बनाउने पनि गरेका छन तर आज हामी बनेपाकी एउटा यस्ता युवतीको बारेमा कुरा गर्दैछौ जस्को उमेर अहिले जम्मा १६ बर्ष पुगेको छ तर उनको डान्सले भने नेपाल हल्लाएको छ ।
दिदीहरुबाट प्रेरित भएर टिकटक बनाउन थालेकी यि हुन सुप्रभा अधिकारी जो अहिले टिकटकमा सर्बत्र भाइरल छिन । उनको आफनो भिडियोमा डान्समा उनले देखाउने इनर्जीले गर्दा सबै माझ चिनिएकी छिन र रुचाईरहेका पनि छन उनलाई । हेरौ उनको चकित पार्ने कला ।