काठमाडौं – गण्डकी प्रदेश थप ८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराका ४ जना सहित थप ८ जनामा मंगलबार कोरोना पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६३१ पुगेको छ ।
कोरोना संक्रमित हुनेहरुमा पोखरा – ५ का एक ११ वर्षीय बालक, ३८ वर्षीया महिला र पोखरा – ३० का ३० वर्षीय पुरुष तथा पोखरा – १७ का ४५ वर्षीया महिला रहेका छन् ।
त्यस्तै बागलुङ जिल्लाका बागलुङ नगरपालिका- ३ का ३९ वर्षीय पुरुष र ४ की २२ वर्षीया महिला र तनहुँ बन्दीपुर-६ का १९ वर्षीय पुरुष तथा ३ का २९ वर्षीय पुरुष रहेको जनाइएको छ ।
कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको जनाइएको छ ।