काठमाडौं :
अष्ट्रेलियामा पढाइपछि पीआर लिने प्रोसेस र योग्यता अष्ट्रेलियामा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुले फर्कने प्रतिवद्दता जनाउनुपर्छ ।फर्कने प्रतिवद्दता नभईकन विद्यार्थीले भिसा नै पाउँदैनन् ।
राम्रो विद्यार्थीले अष्ट्रेलियामा स्थायी बसोवास अर्थात पीआर भिसा पनि पाउन सक्छन् ।अष्ट्रेलियाको पढाइले पनि पीआर पाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । किनभने त्यहाँ पढेकालाई केही थप सुविधा हुन्छ ।
तर कस्ता विद्यार्थीले कसरी पीआर पाउने भन्नका लागि केही कुरामा ध्यान दिन जरुरी हुन्छ ।
१ . अष्ट्रेलियाको एउटा अकुपेसनल लिष्ट छ । लिस्टेड अकुपेसनका लागि सयौं योग्य छन् । योग्यता र अनुभव भएकाले माइग्रेसनका लागि इन्ट्रेस्ट राख्न सक्छन् ।
२. योग्यता र अनुभव हुनेहरुले अफिसियल सर्टिफिकेसन गर्न लिस्टमा भएका अकुपेसनसँग एसोसियटेड संस्थामा आवेदन दिएर स्किल्ड एसेस्मेन्ट लिनुपर्छ ।
३. स्किल्ड एसेस्मेन्ट आइसकेपछि त्यो आवेदकले ६० वा सोभन्दा बढी प्वाइन्ट लिएमा एक्सप्रेसन अफ इन्ट्रेस्ट हाल्नुपर्छ । जुन अनलाइनमा समेत डाटाबेसमा बस्छ ।
४. एक्सप्रेसन अफ इन्ट्रेस्टबाट आवेदन हालेकाबाट अकुपेसनका लागि त्यो महिना चाहिने जनशक्ति छ,त्यसको मेरिट बेसअनुसार लिस्टबाट छनौट गर्छ । छनौट गरेपछि भिसा आवेदन गर्न सक्छ ।
५. आवेदकको अध्ययनको विषय र तहले समे पीआरकालागि महत्वपूर्ण भूमिका खेल्छ । ब्याचलर वा सोभन्दा माथि १५ प्वाइन्ट र पीएचडी गरेकाले २० प्वाइन्ट पाउँछ ।
६. विद्यार्थीले स्किल्ड अकुपेसनल लिस्टमा के के छ भनेर सजिलै हेन सक्छन् । त्यहीअनुसारको विषय पढेमा सीधै आवेदन दिन सकिन्छ ।
७. अकुपेसनल लिस्टमा भएका विषय जहाँ पढे पनि हुन्छ तर अष्ट्रेलियामा समकक्षता हुनुपर्छ ।
८. अष्ट्रेलियामा पढेपछि पीआरका लागि अतिरिक्त ५ प्वाइन्ट पाइन्छ । अष्ट्रेलियाका रिजनल युनिभर्सिटीमा पढेमा अझ अतिरिक्त ५ प्वाइन्ट पाइन्छ ।