काठमाडौँ । चर्चित टेलीश्रृङ्खला ‘कान्छी’ र ‘भुन्टी’ की कलाकार आशा खड्काले केही दिनअघि मात्रै विवाहको खबर सार्वजनिक गरेकी छिन्। आशाले टेलीश्रृङ्खला कान्छिमा उनकै श्रीमान बनेर अभिनय गरेका अभिनेता सागर गौतमसँग विवाह गरेकी हुन्।
पर्दामा लोकप्रिय बनेको यो जोडीले दुई वर्ष अघिनै सुटुक्क विवाह गरेको भएपनि अहिले आफन्त, साथिभाइ र परिवार सदस्यबीच दोस्रो पटक विवाह गरेका हुन्। रियलमा सँगै देखिएको यो जोडीलाई पति पत्नीका रुपमा देख्ने धेरै दर्शकको इच्छा थियो ।
त्यो पूरा भएपनि सामाजिक सञ्जालमा धेरैले दुखी व्यक्त गरेका छन्। अब भने धेरैलाई आशा खड्काको नयाँ परिवारका बारेमा जान्ने कौतुहल्ता जागेको छ। आज हामी तपाईलाई आशाको नयाँ परिवारका बारेमा जानकारी दिने प्रयास गरेका छौँ । पूरा जानकारीका लागि भिडियो हेर्नुहोस् …