काठमाडौँ – चीनमा फेरि ६८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । एकै दिन ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ६४ जना स्थानीय संक्रमित मध्ये ५७ जना सिन्जियाङ्ग प्रान्तका रहेको जनाइएको छ । चीनमा केही समयदेखी कोरोना संक्रमित नदेखिए पनि फेरि कोरोनाका बिरामी भेटिन थालेका छन् ।