पोखरा : आफ्नै वडा सदस्यलाई जातीय विभेदजन्य गालीगलौज गरेको आरोपमा पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ गरेका छन्।
पुस १८ गते वडा कार्यालयममा भएको बजेट कार्यान्वयनका विषयमा छलफलका क्रममा वडाध्यक्ष अधिकारीले दलित महिला सदस्य मैया नेपालीलाई अपमानित हुने गरी अपशब्द बोलेर गाली गरेको आरोप छ।
वडा कार्यालयमै विवाद हुँदा भएको जातीय विभेदपछि वडा सदस्य नेपालीले आइतबार (पुस २४ गते) जिल्ला प्रहरी कार्यालय कास्कीमा आफूलाई विभेदजन्य गालीगलौज गरेको भन्दै उजुरी दिएपछि मंगलबार वडा अध्यक्ष अधिकारी पक्राउ परेका हुन्।
पक्राउ परेको अधिकारीलाई मंगलबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
वडा सदस्यलाई भएको जातीय विभेदको विरोधमा मंगलबार सुरु भएको पोखरा महानगरपालिकाको १२ औं नगरसभा केही समय स्थगित भएको थियो।
एमाले जनप्रतिनिधिले वडाध्यक्षबाट जातीय विभेद भएको भन्दै सभामा विरोध जनाएपछि नगरसभा स्थगित भएको हो। अध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै जनप्रतिनिधिहरूले विरोध जनाएका थिए।