काभ्रे/ पाँचखाल। पाँचखाल युनाइटेड फुटबल एसोसिएसन(पुफा)को आयोजनामा र पाँचखाल नगरको सहयोगमा “खेलकुद विकास युवाको अभियान कृषि संस्कृति र पर्यटन प्रवर्द्धन पाँचखाल महोत्सवको पहिचान” मूल नाराका साथ पाँचखाल तेस्रो महोत्सव २०७९ आज असोज ३ गतेबाट शुरु भइसकेको छ ।
आजको समुद्घाटन समारोह १ बजे पाँचखाल नगरका नगर प्रमुख महेश खरेल ज्युको प्रमुख आतिथ्यता महोत्सवको उद्घाटन गरेका छन् ।विशिस्ट अतिथि पाँचखाल नगरका उप-प्रमुख सुर्यमाया दनुवार ज्यु जिसस उप–प्रमुख रिमबहादरु तामाङ, मण्डनदेउपुर नगरपालिकाका उप–प्रमुख विष्णुमणी नेपाल, पाँचखाल नगरपालिकाका १ देखि १३ सम्मका वडाअध्यक्षहरु, नेपाली काग्रेसका नेता सुन्दरमणी आचार्य, नेपाली काग्रेसका नेता हेम लामा, माओवादी केन्द्र पाँचखाल नगरपालिका अध्यक्ष चेत प्रसाद गौतम,एकीकृत समावादी पाँचखाल नगर सचिव सूर्य भेटवाल, नेकपा बहुमत काभ्रे संयोजक कृष्ण सेवा,काभ्रेका सुचना अधिकृत एवं डिएस्पी ढुण्डीराज न्यौपाने, लगायत अन्य अग्रज अतिथिहरुको उपस्थिति रहेको थियो ।
भोलि ४ गते राष्ट्रिय कलाकार पप गायक धिरज राई र लोकदोहोरी गायिका बबिता बानिया (जेरी) लगायत अन्य स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । महोत्सवमा भोलि बाट टिकट शुल्क सर्वसाधारणका लागि रु ६०/- र विद्यार्थी सहुलियत दर रु ४०/-जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिलाई नि:शुल्क प्रबेशको व्यबस्था रहेको छ तर परिचय पत्र अनिवार्य रुपमा लिएर आउनुपर्ने आयोजक टिमले जानकारी गर्नुभएको छ।
महोत्सव उद्घाटनको तस्बिरहरु