काठमाडौं । नेपाली कांग्रेसले अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको अध्यक्षमा जित हासिल गरेको छ । अध्यक्षमा कांग्रेसका चन्द्रमान श्रेष्ठ विजयी भएका छन्। उपाध्यक्षमा भने नेकपा एमालेकी मनिषा पन्थी निर्वाचित भएकी छिन् ।
अध्यक्षमा कांग्रेसका श्रेष्ठले ७ हजार ४ सय ७ मत ल्याउँदा एमालेका दीपक पन्थीले ७ हजार २ सय २४ मत ल्याए । उपाध्यक्षमा पन्थीले ७ हजार ५ सय १९ मत ल्याउँदा कांग्रेसकी इन्दिरा भूसालले ७ हजार २ सय ३५ मत ल्याइन् ।