विराटनगरमा आमा र उनको बच्चामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगर १० तिनटोलियाकी ३६ वर्षीया एक महिलामा पीसीरआर रिपोर्ट पोजेटिभ नतिजा आएको हो।
करिब चारदिन अगाडि भारतको पश्चिमबंगालस्थित सिलगुढीबाट उनी विराटनगरस्थित घर आएकी हुन्।
महानगरका अनुसार आमासंगै उनको श्रीमान र बच्चाको पीसीआर परिक्षण गरिएको थियो। श्रीमानको रिपोर्ट नेगेटिभ आएपनि बच्चाको रिपोर्ट भने पोजेटिभ आएको छ ।
श्रीमानलाई भने महानगरले बनाएको क्वारेन्टाइनमा राखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलव्ध गराएको पछिल्लो तथ्यांक अनुसार मोरङ्गमा अहिलेसम्म १ सय ४ जना कोरोना संक्रमित फेला परेका छन् ।
यसमा प्रयोग गरिएको तस्विर Netsy Nets को फ्लिकरबाट लिइएको हो ।