काठमाडौं । विराटनगरको नोवेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक बृद्धा र युवती गरि दुईजनाको मृत्यु भएको छ ।
अस्पतालका अनुसार झापा शिवसताक्षी नगरपालिकाकी २६ वर्षीया युवती र सुनसरी दुहबी नगरपालिका ९ की ६८ वर्षीया महिलाको उपचारको क्रममा निधन भएको छ ।
कोरोना पोजेटिभ देखिएपछि युवती गत कात्तिक १५ गते अस्पताल भर्ना भएकी थिइन् । युवतीको शनिबार विहान ३ बजे निधन भएको हो ।
त्यस्तै कोरोना पुष्टि भएकी ६८ वर्षीया महिला कात्तिक १७ गतेदेखि उपचाररत थिइन् । उनको शुक्रबार राति ९ बजे निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।