काठमाडौं / लोकप्रिय गायिका अञ्जु पन्तकी छोरी परितोसिका पन्तले अभिनयमा डेब्यू गरेेेेकी छिन् । ‘धेरै माया नदेऊ’ बोलको गीतमा परिको अपोजिटमा कुनसाङ बोमजमले अभिनय गरेका छन् । भिडियोमा परी र कुनसाङलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् ।
यस अघी धेरै म्युजिक भिडियो र चलचित्रमा अफर आए पनि पढाइ र अन्य कारणले गर्दा परितोशिकालाई पर्दामा हेर्ने अवसर मिलेको थिएन । तर अब भने सही समय आएको भन्ने भएपछि गायिका पन्तले उनलाई डेब्यु गराएकी हुन् ।
यस म्युजिक भिडियोमा काम गर्नु अगाडि परिले कलाकार भोला सापकोटासँग अभिनयको २ हप्ताको अभिनयको कोर्स समेत लिएकी थिइन् । भने साथमा निर्देशक निकेश खड्काले पनि परिलाई एक सातासम्म भिडियोको शैलीको प्रशिक्षण दिएका थिए ।
छोरी परिले पनि आफूलाई यो गीत निकै मन परेको र यसमा अभिनयाँ गर्ने इच्छा गरेकाले आफ्नै आमाको गीत बाट डेब्यु गरेको बताएकी छिन् ।