असोज २३ काठमाडौं । शुरुमा सरकारले लकडाउन गर्दा भन्यो कोरोनाबाट कुनै नागरिकको ज्यान जान दिईने छैन । कसैले उपचार नपाएर मर्नु पर्ने छैन । यो प्रधानमन्त्री ओलीले पटक पटक दिएका नारा हुन् ।
कोरोनाले एक पछि गर्दै अहिले करीब ६ सय हाराहारीमा मृत्यु भएको विवरण सरकार स्वयंले सार्वजनिक गरीसकेको छ ।
देशको राजधानी, अत्याधिन जनघनत्व रहेको काठमाण्डौ उपत्यका शुरुमा सुरक्षित देखिएको थियो । त्यसका बाबजुद लकडाउन भयो ।
तर अहिले संक्रमण काठमाण्डौ उपत्यकामा नियन्त्रण बाहिर गईसकेको विज्ञहरु ठान्दछन् । जति धेरै परीक्षण गर्यो उति नै संक्रमितहरु फेला परीरहेका छन् । यस्तो अवस्थामा सरकारले कोरोना नियन्त्रणका नाममा दशौं अर्बको हिशाब सुनाए पनि व्यवहारीक रुपमा कोरोना केन्द्रीत अस्पताल र पुर्वाधार कति बनायो भनेर हेर्ने हो भने अहिले आधा भन्दा बढी संक्रमित घरमै बस्नु पर्ने बाध्यबाट पनि स्पष्ट हुन्छ ।
२६ हजार बढी सक्रिय संक्रमित मध्य ११ हजार अस्पतालहरुमा छन् बाँकी सबै होम आईसोलेसनमा ।
यति हुदाँ हुदै सरकारले मुखै खोलेर अब गंभीर समस्या भएमा मात्रै अस्पताल जानु भनेर अपील गरीरहेको छ । ज्वरो, रुघा, खोकी लाग्दैमा अस्पताल नजानु, गंभीर भए प िमात्रै भने पछि जनतामा झन त्रास बढेको छ । कोरोनाको नाममा गंभीर बिरामीहरुको समेत समयमा उपचार अस्पतालहरुमा नहुँदा मानिसको ज्यान जाने गरेको धेरै प्रमाणित घटनाहरु सार्वजनिक भईरहेका छन् ।
यसले सरकारले अब कोरोना नियन्त्रण गर्न सकिदैन, नागरिक आफै सुरक्षित रहनुस् भन्ने सन्देश दिएको स्पष्ट हुन्छ ।गत एकसाताभित्र मात्रै काठमाडौं उपत्यकामा १० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।अहिले देशभर २६ हजार ६ सय ८४ संक्रिय संक्रमित रहेका छन्, जसमध्ये १४ हजार ९ सय ६७ घरमै बसेर उपचार गरिरहेका छन् । अस्पताल तथा अन्य विभिन्न निकायले तयार पारेको आइसोलेसन सेन्टरमा ११ हजार ७ सय १७ संक्रमित छन् । देशभर सक्रिय संक्रमितको ५८ प्रतिशत उपत्काका मात्रै रहेका छन् ।
सरकारले ४० देखि ५० लाख जनसंख्या रहेको काठमाण्डौमा केवल ३ हजार आईसोलेसन सरकारले तयार पारेको थियो । अन्य विभिन्न संघ संस्थाले बनाएका केही आईसोलेसन छन् ।
भएका आईसोलेसनमा पनि व्यवस्थित उपचार र रेखदेख नहुने गरेको गुनासो बिरामीहरुको छ । यसबाट अस्पताल जाँदा झन जोखिममा पर्ने सर्वसाधारणलाई चिन्ता पर्न थालेको देखिन्छ ।
दिनमै २५ सय बढी संकमित देखिराखिएको अवस्थामा जम्मा संस्थागत र सरकारी आईसोलेसनको संख्या ५ हजार जति मात्रै रहनुले धेरै संक्रमित घरमै रहनु पर्ने बाध्यता देखिन्छ । देशभर मृत्यु हुने र संक्रमित हुने दर हेर्दा उपत्यकामा दुबैमा आधा आधा जति संख्या देखिन्छ । यसले उपत्यका थप जोखिमयुक्त रहेको देखिएको छ ।
र सरकारी भनाईलाई आधार मान्ने हो भने अब सजिलै अस्पताल भर्ना भएर उपचार पाउन कठिन पर्ने छ र यसले नागरिलार्ई थप भयवीत बनाउने देखिएको छ । अब नागरिक स्वयंले भीडभाड कम गर्ने, आवतजावत कम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने, साबुन पानी र स्यानीटाईजरको पयोग नियमित गर्ने, सामाजिक दुरी कायम गर्ने जस्ता कार्यमा सचेत भएर ध्यान दिनु पर्ने देखिन्छ ।