काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको कारण विश्वका धेरै देश प्रभावित भएका छन् । कोरोनाकै कारण धेरै मानिसहरुले ज्यान गुमाइरहेका छन् ।
यस्तो अवस्थामा रुसमा बनेको खोपले मानिसहरुलाई केही आशा दिएको छ । यस्तै रुसमा रहेका एक जना नेपालीले कोरोना भाइरसविरुद्धको खोप लिएका छन् ।
नेपालमा सल्यान घर भएका रुसको राजधानी मस्कोमा कार्यरत ६१ वर्षीय डा महेश श्रेष्ठले कोरोना भाइरसविरुद्धको खोप लिएका हुन् । रुसी सरकारले अनलाइनबाट लक्की ड्र गरी उनको नाम छनोट भएपछि खोप लगाएका हुन् ।
रसियन सरकारले पहिलो चरणमा खोप दिने ३० हजार जनामध्ये बाट उनी छानिएका हुन् । कोरोना भाइरसविरुद्ध पहिलो भ्याक्सिन लिएकोमा सामाजिक सञ्जालमा उनले खुशी व्यक्त गरेका छन् ।