हिन्दू शास्त्रमा हरेक काम गर्दा समय बार र स्थानको विशेष महत्व हुने गर्दछ। कुन बार के काम गर्दा शुभ मिल्छ र के काम गर्दा अशुभ हुन्छ भन्ने कुरा पनि शास्त्रमा उल्लेख गरिएको छ। शास्त्रका अनुसार शुक्रबारका दिन लक्ष्मीको पूजा गर्नु राम्रो मानिन्छ। लक्ष्मीको पूजा गर्दा घरमा धन तथा समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।
आउनुहोस् जानौँ शुक्रबार के गर्दा शुभ फल मिल्छ
शुक्रबार राति लक्ष्मीमाताको पूजा गर्दा भगवान विष्णुको पनि पूजा गर्न आवश्यक छ । तपाईँ श्रीयन्त्र वा अष्टलक्ष्मीको तस्वीर पनि स्थापना गर्नसक्नुहुन्छ । यसपछि कपूरको आरती गर्ने र घरभरि नै कपुर जलाउनुपर्छ यसले नकारात्मकता समाप्त हुन्छ ।
यसपछि कपुरलाई तुलसीसँग राखिदिनुुहोस् । यसो गर्दा लक्ष्मीका साथै भगवान विष्णुको पनि आशीर्वाद मिल्नेछ ।
शुक्रबार राति घरमा खीर बनाउन आवश्यक छ र यो सबै परिवारले ग्रहण गर्नुपर्छ । यदि तपाईँको घरमा कुुमारी कन्या छिन् भने सबैभन्दा पहिले उसैलाई खीर खुवाउनुस् यसो गर्दा तपाईँलाई चाँडै शुभ फल मिल्नेछ । यसो गर्दा घरको आर्थिक स्थिति सही हुने र धनसँग सम्बन्धित समस्या पनि टाढा भाग्नेछ ।
शुक्रबार राति लक्ष्मी स्तोत्र वा कनकधारा स्तोत्र पनि श्रद्धापूूर्वक पाठ गर्नुस्, लाभदायक मानिन्छ । यो पाठ गर्दा सुखसमृद्धि पाइने बताइन्छ । यसका साथै नोकरी वा व्यवसायसँग सम्बन्धित समस्या पनि टाढा भाग्नेछ ।
विष्णु पुराणमा लक्ष्मी स्तोत्रका बारे बताइएको छ कि एक समय देवताका राजवैभव लुटिएको थियो । यही स्तोत्र पाठ गरेपछि सम्पूर्ण वैभव र राजपाठसमेत पुनः प्राप्ति भएको थियो ।
सोही कनकधारा स्तोत्रमा भनिएको छ कि शंकराचार्यले यसको पाठ गरेर धनको वर्षा गराएका थिए । त्यसैले यसको पाठ गर्न धेरै मंगलदायी मानिन्छ ।
शुक्रबार राति खुला आकाशमुनि चन्द्रमा र पूर्वजको ध्यान गर्नुपर्छ र उनलाई आफ्नो समस्याका बारेमा बताउनुहोस् । यसो गरेमा उनीहरुको आशीर्वाद तपाईँउपर हमेशा बन्ने हिन्दू धर्मशास्त्रमा विश्वास गरिन्छ । पितृदोष समाप्त हुने र जीवनमा जे पनि बाधा आउँछ ती सबै टाढा भाग्नेछ र तपाईँलाई मानसिक बल मिल्नेछ ।
सामान्यतया रातको समयमा सुगन्ध लगाउँनुहुँदैन भनिन्छ, तर शुक्रबारको दिन माता लक्ष्मी र शुक्रग्रहसँग सम्बन्धित हुन्छ ।
शुक्रग्रह श्रृंगारप्रिय मानिन्छ, यसैले रातमा सुगन्ध अर्थात् परफ्यूम लगाउनुस् । क्योरा र गुलाबको सुगन्ध तपाईँका लागि शुभ हुन्छ । साथै तपाईँको सिरानीको मुनि पनि सुगन्धित पदार्थ राख्न सक्नुहुन्छ, यसो गर्दा तपाईँलाई आन्तरिक रुपमा सकारात्मक उर्जा आउँछ र परिवारमा पनि यसको असर पर्छ ।
यदि तपाईँ तकियाको मुनि राख्न असमर्थ हुनुहुन्छ भने तपाईँ अरोमा मैनबत्ती वा खुश्वुवाला मैनबत्ती पनि घरमा जलाउन सक्नुहुन्छ ।
लक्ष्मी माताको कृपाले धनको कमी नहुने जनविश्वास हो । वास्तविक लक्ष्मी प्राप्तिका लागि चाहि सत्कर्म नै उत्तम माध्यम हो । भएको धनसम्पत्तिको राम्रो व्यवस्थापन, व्यवसाय वा कामप्रति लगाव, इमानदारिता, मेहेनत लगायतले समेत लक्ष्मी खुशी हुन्छिन् । जसबाट धर्न आर्जन गर्न सकिन्छ ।