काठमाडौं । हरियो साग शब्जिमा भिण्डीको एउटा बेग्लै स्थान छ। नेपाल लगायत विश्वका अन्य देशहरुमा पनि मानिसद्वारा भिण्डीको परिकारलाई अत्याधिक मन पराइन्छ। तर, कतिपय व्यक्तिले भिण्डीमा हुने चिप्लोपनाका कारण खान आनाकानी गर्ने गर्दछन्। भिण्डीमा शरीरका लागि लाभदायक हुने विभिन्न खनिज तत्वहरु पाइने गर्दछ।
यसमा पाइने गुणकारी तत्वहरुले शरीरको अनावश्यक तौल घटाउनदेखि लिएर मुहारमा चमक तथा चाउरीपना कम गर्न मद्दत गर्दछ। भिण्डीका फाइदाहरु भिण्डीमा पाइने पेक्टिनका कारण यसले शरीरको कोलेस्ट्रोललाई घटाउन मद्दत गर्दछ।
साथै यसमा पाइने सोल्युबल फाइबरले रगतमा कोलेस्ट्ट्रोललाई नियन्त्रण गरि मुटु रोगको जोखिम कम गर्दछ। भिण्डीमा प्रशस्तमात्रामा पाइने यूजेनोल मधुमेहका विरामीका लागि फाइदाजनक हुनेगर्दछ। यूजेनोलले शरीरमा सुगरको मात्रा नियन्त्रण गरी, मधुमेह हुने जोखिम कम गर्दछ।
एनिमियाका बिरामीहरुका लागि पनि भिण्डी निकै प्रभावकरी शब्जी हो। भिण्डीमा पाइने आइरनले हेमोग्लोविनको निर्माण गर्न मदत पुर्याउँदछ र भिटामिन के ले रक्तश्राव रोक्ने कार्य गर्दछ।
भिण्डीमा भरपुर मात्रामा सोल्युबल फाइबर पाइन्छ जुन पाचन प्रणालीका लागि अत्यन्तै प्रभ्कारी हुन्छ। यसले पेट फुल्ने, कब्जियत र ग्यास जस्तो समस्याहरु हुन दिँदैन। साथै हड्डी बलियो बनाउनका लागि पनि भिण्डी फाइदाजनक शब्जी हो।
भिण्डीमा भिटामिन सी सँगै एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइने हुँदा यसले प्रतिरक्षा प्रणालीलाई सुधारगर्नुका साथै विभिन्न संक्रामक रोगहरुसँग लड्न मद्दत गर्दछ। यसको सेवनले चिसोलाग्ने समस्या पनि कम हुन्छ।