काठमाडौं । सुनको मूल्य निरन्तर घट्दै गएको छ । साताको अन्तिम दिन सुनको मूल्य एक सयले घटेर तीन सातायताकै सस्तो बनेको छ ।
अघिल्लो दिनको तुलनामा सुन तोलाको सय रुपैयाँले सस्तिएर ९६ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजाबी सुन पनि सय रुपैयाँले सस्तिएर तोलको ९५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।सुनको मूल्य घट्दा शुक्रबार चाँदी ३५ रुपैयाँ घटेर तोलाको १३ सय १० रुपैयाँ कायम भएको छ ।
साउन २८ गते तोलाको ८५ हजार ४ सय रुपैयाँ कायम भएको सुनको मूल्य त्यसयता तोलको लाख रुपैयाँ नाघेको थियो । नेपालमा सुनचाँदीको कारोबार ठप्प रहे पनि मूल्य भने दैनिक बढिरहेको छ ।