काठमाडौं । भैँसेपाटी प्रहरी प्रभागको नेतृत्व गरिरहेकी इन्स्पेक्टर बिनुकुमारी शाही एक मुद्दालाई लिएर पैसा खाएको आरोप लागेको छ ।
उनीमाथि हनी ट्रयापको विषय बलात्कारमा फसाइदिने भन्दै ३० लाख रूपैयाँ लिएको आरोप लागेको हो ।
उनले दुईजना आफन्तको नाममा पैसा जम्मा गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यही कारण उनलाई जिम्मेवारीबाट हटाएर निलम्बनका लागि सिफारिस पनि गरिएको छ । ललितपुर प्रहरी परिसरले छानबिनका लागि डीएसपी नरहरी अधिकारीको संयोजकत्वमा समिति बनाएको छ ।
स्रोतका अनुसार पैसा लिइएका व्यक्तिविरुद्ध सुरूमा कुटपिटको उजुरी दर्ता भएको थियो । ‘बलात्कार भनेर तर्साउँदै पैसा उठाउने नियतले सुरुमा कुटपिटको उजुरी गर्न लगाएको देखिन्छ। पछि आफूले मिलाई दिने भनेर पैसा हाल्न लगाएको एक कर्मचारीले जनाएको छ।
शाही २०७५ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरू गरेकी थिइन् ।