साउदी : साउदी अरवमा अलपत्र परेका ६ नेपाली चेलीको उद्दार गरिएको छ । गन्तव्य नेपाल साउदीले एक कम्पनिमा कार्यरत करिब ७ महिना देखि कम्पनीले काम नदिएर अलपत्र परेका नेपालीहरुलाई उद्दार गरि स्वदेश पठाएको छ ।
कोरोनाको महामारीको कारण लामो समय सम्म कम्पनीले तलब नदिदा उनीहरु अलपत्र परेका थिए। खानाको समस्या भएपछि उनीहरुले गन्तव्य नेपाललाई आफूहरुको उद्दार गरिदिन अनुरोध गरेका थिए ।
करार अबधि पूरा भएर पनि नेपाल नपठाएको र बिना सूचना अर्को करार थपिदिने तथा घर जानलाई अनुमति पनि नदिएकाले बिगत २ वर्षदेखि नेपाल फर्कन चाहेर पनि फर्किनसकेका थिएन् ।
गन्तव्य नेपाल रियादका प्रतिनिधि बालकृष्ण पौडेल,मिलन गुरुङ तथा हिरा केसीको पहलमा साउदीस्थित नेपाली दूतावाससंग समन्वय गरेर पिडित चेलीहरुलाई स्वदेश फर्काउन सफल भएको गन्तव्य नेपाल साउदीले जनाएको छ