दाल,भात तरकारी खाँदा छेउमा ट्वाक्क परेको अचार भयो खाना अलि बढी नै रुच्छ । अझ कतिपयले त खाना रुचेन भने अचार राखेर खाना खाने गर्छन् । अचार सबैलाई मन पर्छ ।
अमिलो,पिरो र नुनको सम्मिश्रणमा बन्ने अचार स्वादिलो पनि हुन्छ । खाने समयमा थालमा तरकारी र रोटीसँगै अचार पनि राखेर खानुको आनन्द बेग्लै हुन्छ ।
धेरै मानिसहरू अचारसँगै खाना खान मन पराउँछन् । यसकारण हामी आँप,मुला,काँक्रो लगायतको अचार बनाएर बट्टामा गालेर राख्ने गर्छौ जुन बिलकुल गलत हो । तपाईँलाई पनि अचारबिना खाना रुच्दैन भने सावधान हुनुहोस् किनकि अचारले क्यान्सर समेत गराउन सक्छ ।
स्वास्थ्य विशेषज्ञका अनुसार अझ पुरानो अचारले तपाईँको शरीरमा क्यान्सर जस्ता रोगहरू बढाउन सक्छ । यति मात्र होइन, अचार धेरै खाने परिवारमा क्यान्सरका बिरामी बढी देखिएका छन् । अचार लामो समयसम्म राखेर खाँदा क्यान्सरजस्ता रोग लाग्ने खतरा हुने गर्छ ।
लामो समयसम्म राखिएको अचारमा फ्री रेडिकल बन्ने गर्छ, जुन स्वास्थ्यका लागि घातक हुन सक्छ । हामीलाई लाग्छ कि अचार जति पुरानो हुन्छ, त्यति राम्रो हुन्छ । तर, वास्तवमा अचार जति पुरानो हुन्छ, त्यति नै बढी फ्री रेडिकल उत्पादन हुन्छ । कुनै पनि खाना जुन लामो समयसम्म भण्डारण गरिन्छ, त्यसमा धेरै फ्री रेडिकलहरू बन्छन् ।
फ्री रेडिकल्सले हाम्रो शरीरमा अक्सिडेटिभ तनाव उत्पन्न गर्छन्, जुन हानिकारक प्रक्रिया हो । जसले हाम्रो शरीरमा भएका सबै कोष संरचनाहरूलाई क्षति पुर्याउन सक्छ ।
अक्सिडेटिभ तनावले क्यान्सर , बुढ्यौली, अटो इम्युन डिसअर्डर, हृदय सम्बन्धी र अल्जाइमर जस्ता दीर्घकालीन रोगहरू को विकासमा ठूलो भूमिका खेल्छ ।
विशेषज्ञका अनुसार सिजनमा बनाएको अचार त्यही सिजनमा नै खानुपर्छ । वर्षभरिको पुरानो अचार स्वास्थ्यको लागि हानिकारक हुन्छ ।