काठमाडौँ स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजार तीन सयले ओरालो लागेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु १ लाख ३२ हजार ७ सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु १ लाख ३४ हजारमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन पनि तोलामा रु १ हजार ३ सयले ओरालो लागेको छ । बिहीबार प्रतितोला रु १ लाख ३३ हजार ३ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु १ लाख ३२ हजार ५० निर्धारण भएको हो ।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासंघका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु १ हजार ६ सय १५ निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला रु १ हजार ६ सय ५० मा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा रु ३५ ले घटेको छ ।रासस