विभिन्न कारणले गर्दा मानिसहरुले पिसाब पोल्ने समस्याबाट गुज्रिरहेका हुन्छन् । जस्तो पानी कम पिउँदा समेत पिसाब पोल्ने गर्दछ । पिसाब पोल्नुको एउटै मात्र कारण हुँदैन ।
पिसाब पोले के गर्ने त ?
यसको लागि हामीले विभिन्न घरेलु उपाय अपनाएर यसबाट मुक्ति पाउन सक्छौ ।
गाजरको जुस नियमित पिउँदा समेत पिसाब पोल्ने समस्याबाट राहत मिल्न सक्छ । दुधमा सुकुमेल पिसेर पिउनुपर्छ । यसले पिसाबको दुखाई ठीक हुन्छ ।केही समयसम्म मनतातो पानी सेवन गर्नुपर्छ ।
-दुधमा मिश्रीको मिश्रण बनाएर पिउदा पनि यो समस्याबाट मुक्ति पाइन्छ ।केही दिनसम्म फिटकिरीमा थोरै पानी मिसाएर दिनमा दुई तीन पटक पिउनुपर्छ । ८० ग्राम गहुँको दानालाई भिजाउने । बिहान यसलाई पिसेर छान्ने । त्यसमा थोरै मिश्री मिसाउने । अब यो मिश्रणलाई एक हप्तासम्म नियमित पिउनुपर्छ ।