काठमाडौं – दही यस्तो चिज हो जस्लाई बिभिन्न खानाको परिकारसंग मिसाएर खाना सकिन्छ ।दहीले पाचन प्रकियामा पनि सहयोग गर्ने भएकाले प्रायः मानिसहरुले खानासँग दहीको उपभोग गर्दछन् ।
तर तपाईहरुलाई थाहा नहुन पनि सक्छ । केहि यस्ता चिजहरु छन् जसलाई दहीसंग मिसाएर खादा स्वास्थ्यलाई खराब बनाइदिन्छ ।विभिन्न अध्ययनलाई आधार बनाएर बाहरिएका सूचनाका आधारमा हामिले तयार पारेका केही खानेकुराको सूचि यस्तो छ, जो दहीसँग नखाएकै बेस हुन्छ ।
केरा र दही
केरा र दही मिसाएर खानाले स्वास्थ्यमा खराबी हुन्छ । शरीरमा टक्सिन बन्न थाल्छ ।जस्ले उल्टी हुने, पेटमा गडबड हुनेजस्ता लक्षण देखा पर्छन् । यदि खानै परे पनि २ घण्टाको फरक पारेर मात्र खानुपर्छ ।
आँप र दही
दही र आँप एक साथ खाए स्वाथ्यमा समस्या आउन सक्छ ।दही चिसो र आँप गर्मी भएकाले समस्या आउन सक्छ । किनभने यी दुइटाको स्वभाव एकआपसमा एकदमै विपरीत छ ।
मासको दाल र दही
मासको दाल र दही एकसाथ खानु भनेको विष सेवन गरे सरह हुने बताइन्छ ।भुलेर पनि यिनलाई एकसाथ नखान सुझाइएको छ ।
चीज र दही
आयुर्वेदले चीज र दहीलाई पनि एकैसाथ खान वर्जित गरेको छ । यी दुबैलाई एकै पटक खाँदा शरीरमा नकारात्मक असर गर्छ ।