काठमाडौं– नेपाली समाजमा घरबाट कुनै सुभ काममा निस्किन लाग्दा केही खाली पानीका भाँडा देखियो भने अशुभ हुने मान्यता छ ।कोही मान्छेले आफू हिँड्ने बेलामा खाली भाँडा निकाल्यो भने रिसाएर समेत हिँड्ने गर्छन् । तर त्यही भाँडामा पानी भरिएको देखियो भने धेरै जना खुसीले फुरुंग हुन्छन् । आजको दिन शुभ हुने भयो दिन कति राम्रो रहेछ भनेर पनि प्रशंसा गर्ने गर्छन् ।
खाली भाँडो र फोहोर देख्नु आखिर के को संकेत हो त ?
यदि घरबाट बाहिर निस्कँदा खुट्टा हिलो वा गोबरमा परे वा दूध, खाली भाँडो वा फोहोर देखिएमा यसलाई असफलताको सूचक मानिन्छ ।
यस्तोमा इष्ट देवको नाम लिई भगवान् शिव सम्झदै शिव-शिव जप गर्नु पर्दछ भन्ने मान्यता छ । साथै कुनै पनि शुभ कामका लागि जाँदा साथमा कलम वा रुमाल अनिवार्य बोक्नु पर्ने अन्यथा विवादमा पर्न सकिने मान्यता छ । शास्त्रका अनुसार यस्ता केही अशुभ संकेत भएमा केही बेर रोकिई मिठाई र पानी खाएर हिँड्नु पर्दछ ।