हिरोलाई बलियो पात्रको रूपमा प्रस्तुत गर्न भिलेन पनि उतिकै बलियो हुनुपर्छ। भारतीय फिल्म क्षेत्रमा धेरै यस्ता अभिनेता छन् जसले नकारात्मक भूमिका निर्वाह गरेका छन्। ‘पद्मावत’ मा रणवीर सिंह होस् या ‘केजिएफ २’ मा सञ्जय दत्त। उनीहरूले दमदार अभिनय गर्नुका साथै महंगो पारिश्रमिक लिएका छन्।
कमल हसन
दक्षिण भारतीय अभिनेता कमल हसन सबैभन्दा धेरै पारिश्रमिक लिने भिलेन हुन्। उनले नाग अश्विन निर्देशित फिल्म ‘कल्की २८९८’ मा खलनायकको भूमिका निर्वाह गर्न २५ करोड भारू लिएका छन्।
विजय सेतुपति
दक्षिण भारतीय अभिनेता विजय सेतुपतिले शाहरूख खानको फिल्म ‘जवान’ मा खलनायकको भूमिका निर्वाह गरेका थिए। यस फिल्मको लागि उनले करिब २१ करोड भारू पारिश्रमिक लिएका थिए।
सैफ अली खान
बलिउड अभिनेता सैफ अली खानले फिल्म ‘आदिपुरुष’ मा भिलेनको भूमिका निर्वाह गरेका थिए। यस फिल्मको लागि उनले १० करोड भारू पारिश्रमिक लिएका थिए।
इमरान हाश्मी
अभिनेता इमरान हाश्मीले फिल्म ‘टाइगर ३’ मा भिलेनको भूमिका निर्वाह गरेका थिए। यस फिल्मका लागि उनले १० करोड भारू पारिश्रमिक लिएका थिए।
सञ्जय दत्त
सञ्जय दत्तले दक्षिण भारतीय फिल्म ‘केजिएफ २’ मा भिलेनको भूमिका निर्वाह गरेका थिए। यस फिल्मको लागि उनले ८ देखि ९ करोड भारू पारिश्रमिक लिएको बताइएको छ।