काठमाडौं । एभरेष्ट बैंकका एटिएम सेवा भोलि अर्थात फागुन ४ गते अवरुद्ध हुने भएको छ ।
बैंकले एक सूचना जारी गर्दै शुक्रबार बिहान १२ः४५ देखि २ः४५ बजेसम्म अवरुद्ध हुने जनाएको हो । बैंकले सो समयमा सर्भर मेन्टेनेन्स अपग्रेडेशन कार्य गर्ने लागेको हुँदा एटिएम सेवाहरु (डेबिट, क्रेडिट, ई–कमर्स र डलर कार्ड) अवरुद्ध हुने जनएको हो ।