मिनबहादुर तामाङ
काभ्रे/बौद्व मार्गिहरुको पबित्रतिथि मानिने कार्तिक पुर्णिामाको अवसरमा ज्याछोन ङिङ्पो छ्योइलिङ गुम्बा बेथान्चोक गाउपालिका ३ को आयोजनामा निर्माणधिन गुरुरिम्पोछे पार्क हर्क भञ्ज्याङमा बृहत मोन्लम छोक्पा पुजा तथा दिप प्रज्वलन कार्यक्रम अगामी मङ्सिर 11 हुने भएको छ।
विशेषगरी कार्तिक पुर्णिामाको दिनलाइ भगवान बुद्धले भिक्षु धारण गर्नुको लाभलाइ उपदेश गर्नु भएको दिन मानिन्छ।यसैदिनमा बौद्ध मार्गिहरु जिल्लाको नमोबुद्द स्तुपा,बौद्व स्तुपा,स्वायम्भुनाथ स्तुपा,लुम्बिनीलगएतको बिभिन्न तिर्थास्थलहरुमा दिवङ्गत पितृहरुको सम्झनामा दीप प्रज्वलन गर्नुको साथै धर्म हुरुको उपस्थितिमा बिभिन्न मोन्लम पाठहरु गर्ने गर्दछ्न भने सन्सारमा रहेका सम्पुर्ण प्राणीहितको निमित्त समेत पुजा अर्चना गर्दै आइरहेका देख्न पाइन्छ।
लुम्बिनीमा सिद्वर्थ गौतम बुद्व जन्मिनु पुर्व जुनि नै नमोबुद्वमा जन्मिनु भएको राजकुमार भएको मानिने पबित्राभुमि नमोबुद्ध अनेकि काभ्रेपलान्चोक जिल्लाको दक्षिणिभेगमा अवस्थित बेथान्चोक गाउपालिका वडा न.३ स्थित नव निर्माणधिन गुरुरिम्पोछे पार्कमा पहिलो पटक उक्त कार्यक्रम हुन लागेको हो।तामाङ समुदायको बाक्लो बस्ती रहेका उक्त समुदायमा धार्मिक चेतनाको बिकास भने भर्खरै हुन थालेका छन।
स्थानीय जिन्दागका लामा गुरुहरु र लामा लुन्दुप,लामा आले,लामा दावा,लामा पासाङ लगाएत लामा गुरुहरु आहिलेका सक्रिय लामाहरु हुन। सोही लामा गुरुहरु र स्थानीय बासिन्दाहरुको सक्रियतामा गत बर्ष गुरुरिम्पोछेको (कु)मुर्तिको निर्माण तथा सु-प्राण प्रातिस्ठा राब्ने कार्यक्रम सम्पन्न गरेका थिए।काभ्रे जिल्लाकै लामा गुरु पाल्साङ लामाले उक्त गुरुरिम्पोछेको मुर्ति दान गर्नुको साथै स्थानिय जैमान सिङ्तानले जग्गा दान गर्नु भएको थियो।
आसन्न मंसिर ११ गते हुन गइरहेको सो बत्ति बाल्ने(दिप प्रज्वलन) कार्यक्रमले सो गाउपालिका लगएत छिमेकी गाउपालिकामा रहनुभएको (जिन्दाग) दिबङ्गत (चितहरुको) आत्माहरुको नाममा बत्ति बाल्न आउनुहुन बृद्धअबश्थाका बाआमाहरुलाइ लगाएत श्रद्धालु भक्तजनहरुलाइ सहज हुने स्थानिय समाजसेवी बिरबहादुर तामाङ्ले जानकारी दिनुभयो।
छ्योर्तेन टाशि तामाङ गुम्बा,आमा छोक्पा समुह,ओखलढुंगा तामाङ समाज,बिभिन्न मनि छोक्पा समुह,खम्डोमा संघमा रहानुभएका धर्म गुरु,धर्म सदस्य,पदाधिकारी लगाएतको सहभागी रहनुहुने छोर्तेनटासि तामाङ गुम्बाको कोङगेर तथा आयोजककै लामा आले लामाले जानकारी दिएका छन।ज्याछोन ङिङ्पो छ्योइलिङ गुम्बाको लामा प्रमुख लामा पाल्सङ लामा,निङ्ममा सम्प्रदायका धर्मगुरुहरु,प्रदेश सरकारका जनप्रतिनिधिहर,स्थानीय सरकारका जनप्रतिनिधिहरु लगाएतको उल्लेख्य उपस्थिति रहने उक्त कार्यक्रमको बृहत तयारी रहेका र कार्यक्रमलाइ भब्य र सभ्य बनाउनु बिभिन्न समितिहरु छित्तै निर्माण गर्ने अध्यक्ष हरि सिङ्तानले बताउनु भयो।गुरु रिम्पोछे पार्क निर्माण सम्पन्नको लागि र निकट भबिस्यमा गुम्बा निर्माण गर्न समेत स्थानीय सरकारले बजेट छुट्याइए सकेको वडा सदस्य चरिमाया तामाङ्ले जानकारी दिएका छ्न।